समाचार
महाङ्काल गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले शुक्रबार गोटिखेलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिकाको सेवा प्रबाह, सार्वजनिक सरोकार तथा चासोको बिषयमा गाउँपालिकाका बासिन्दाहरुलाई जानकारी दिने, लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, उपाध्यक्ष कमला तामाङ, कार्यकारी अधिकृत राजन थापा, वडा अध्यक्षहरु खोमप्रसाद गौतम, सन्चमान स्याङतान तामाङ, गङ्गाराम तिमल्सिना, शान्तप्रसाद गौतम, खोमप्रसाद दहाल, रामकृष्ण आचार्य, मालपोत कार्यालय प्रमुख हरिप्रसाद अधिकारी, नापी प्रमुख दिर्घनाथ दाहाल, ईप्रका टुङगुन प्रमुख प्रहरी निरीक्षक किसन खनाल, पशु कार्यालयका दिपकप्रसाद दुलाल, ईलाका वन कार्यलयका प्रमुख चुडामणि खतिवडा, एकीकृत सेवा केन्द्रका विकास खनाल, स्थानीय सरोकारवालाहरुको व्यापक सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गाउँपालिकाका स्वास्थ्य संयोजक दुर्गाप्रसाद पौडेलले गरेका थिए । उक्त कार्यक्रममा आ.व २०७४÷०७५ को कुल बजेट १९ करोड ३४ लाख ४० हजार ७ सय ९८ रुपैया ३५ पैसा रहेकोमा माघ महिनासम्मको खर्च, योजना सम्झौता, योजनाको रकम प्रदान, जस्ता योजना र आ र्थी क आय ब्ययका सवाल मा लेखा प्रमुख कृष्ण बुढाले जानकारी गराएका थिए । बिशेष त सार्बजनिक सुनुवाई कार्यक्रममा भुकम्प, कृषि, खानेपानी, वन, स्वास्थ्य, नापी, शिक्षा, मालपोत, सरसफाई, उद्योग दर्ता ,सहकारी, मदिरा बेचबिखनको औपचारिकताका बिषयबस्तुमा उठेका प्रश्नका सवालमा सरोकारवाला कार्यालयका प्रमुखहरुले उत्तर दिएका थिए ।
बिकास, योजनाका बारेमा गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, प्रशासनिक कार्यालय सञ्चालन तथा कर्मचारीका सवालमा उठेका प्रश्नको उत्तर प्रमुख प्रशासकिय अधिकृत राजन थापाले प्रकाश पारेको उकत सार्बजनिक सुनुवाई कार्यक्रम ३ घण्टासम्म चलेको थियो ।