समाचार
महाँकाल गाउँपालिका वडा नम्बर २ र ३ समेटिएको गोटिखेलको नाकेडाँडा हुन्दै मनिखेलको दमाईडाँडा भएर कतवन बेसि जोड्ने कृषि सडक धेरै बर्षको मेहेनत पछि जोडिएको छ
महाँकाल गाउँपालिका वडा नम्बर २ र ३ समेटिएको गोटिखेलको नाकेडाँडा हुन्दै मनिखेलको दमाईडाँडा भएर कतवन बेसि जोड्ने कृषि सडक धेरै बर्षको मेहेनत पछि जोडिएको छ।सोही उपलक्ष्यमा तहाँका बसिन्दाले चियापान कार्यक्रम आयोजना गरेर महाँकाल गा.पा.का जनप्रतिनिधि,स्थानीय राजनैतिक दल र अन्य भद्र भलाद्मीलाई हिजो बाजागाजा र फुलमालाले भब्य स्वागत गरेका छन।स्थानीयहरुले बिगत देखि अहिले सम्म मोटरबाटो जोड्न योगदान गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुहुन्दै मोटरबाटो जोडिएपछी भुकम्प पछिको पुननिर्माण र कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो।